काठमाडौँ : काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र हामी नेपाली संस्था अध्यक्ष तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध एमालेनिकट अनेरास्ववियुले दिएको जाहेरी काठमाडौँ प्रहरीमा दर्ता हुन सकेको छैन।काठमाडौँ प्रहरीले २४ घण्टापछि जवाफ दिने भनेर अखिलका प्रतिनिधिहरूलाई फिर्ता पठाएको छ। अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले २४ घण्टामा जवाफ दिने भनेर आफूहरूलाई जवाफ दिएको बताए।
भाद्र २३ र २४ गतेको आन्दोलनको विषयमा बालेन र गुरुङविरुद्ध जाहेरी दिएको अनेरास्ववियुले जनाएको छ।आन्दोलनमा उक्साउने काम भएकाले हत्या हुन पुगेको, राष्ट्रिय सम्पत्ति जलाउने र तोडफोड गर्न उक्साउने काम भएको तथा नेपाली नागरिक भएर विदेशीलाई जासुसी गरेकाले जाहेरी दिएका उनले बताए।
लुटपाट, आगजनी, प्रहरीलगायत व्यक्ति हत्या गरेको आरोपमा कारबाहीका लागि जाहेरी दिएको अनेरास्ववियुका महासचिव दीपक धामीले पनि बताए।
यसअघि आजै एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकविरुद्ध जेनजीका प्रतिनिधिले दिएको जाहेरी भने प्रहरीले दर्ता नगरी जाँचबुझ आयोगमा पठाएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij