काठमाडौँ : राजनीतिक दलका युवा नेताहरूले पार्टीका मुख्य पात्रहरूलाई बिदा गरी पार्टी पुनर्गठन गर्न आह्वान गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका युवा नेताहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी पुनर्गठनका लागि दोस्रो र तेस्रो तहका नेताहरूलाई आह्वान गरेका हुन् । लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरीकन दलहरूको पुनर्गठन हुन नसक्ने निष्कर्ष निकालेका छन् ।
‘राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य शर्त हो। लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरिकन दलहरूको पुनर्गठन हुने सक्दैन। त्यसैले आआफ्ना दलहरूलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो, तेस्रो तहका नेताहरू ती पार्टीका जिम्मेवार सदस्यहरुलाई हामी आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij