चितवन : चितवनको माडीमा जेनजी युवाहरूले स्थानीय विद्युत समस्या र राष्ट्रिय निकुञ्जभित्रको सडक कालोपत्रे सहित दीर्घकालीन समाधानको माग गर्दै सरकारी कार्यालयहरू अनिश्चितकालका लागि बन्द गरेका छन्।
युवाहरूले चितवन राष्ट्रिय निकुञ्जभित्र वैकल्पिक भूमिगत केबुल राख्ने टेन्डर प्रक्रिया फास्ट ट्र्याक विधिबाट अपनाउन, तत्कालका लागि फल्ट छिटो समाधान गर्न सक्ने उपायहरू अपनाउन, र निकुञ्जभित्रका सडक कालोपत्रे गर्न सरकारसँग माग गरेका छन्।
आजदेखि माडी नगरपालिकाका सबै वडा कार्यालय, नापि, मालपोत र इलाका प्रशासन कार्यालयहरूलाई उनीहरूले अनिश्चितकालका लागि बन्द गरेको जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij