Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जेनजी आन्दोलनको अव्यवस्थाको मौका छोपेर फरार भएका तीन कैदी धादिङमा पक्राउ

जेनजी आन्दोलनको अव्यवस्थाको मौका छोपेर फरार भएका तीन कैदी धादिङमा पक्राउ

धादिङ : जेनजी आन्दोलनका क्रममा देशभर फैलिएको अस्थिर अवस्थाको मौका छोपेर फरार भएका तीन जना कैदीबन्दीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा केशव थापा मगर, राजकुमार तामाङ र विश्व मिजार रहेका छन्। उनीहरू आन्दोलनका कारण सिर्जित अव्यवस्थाको अवसरमा विभिन्न कारागारबाट फरार भएका थिए। विशेष सूचना र निगरानीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालले जानकारी दिनुभयो।

एसपी रिजालका अनुसार धादिङ प्रहरीले फरार कैदीबन्दी पक्राउ अभियानलाई तीव्रता दिएको छ। उहाँले भने, “जेएनजी आन्दोलनको अस्थिर अवस्थाको मौका छोपेर फरार भएका कैदीहरूलाई एकपछि अर्को गरी नियन्त्रणमा लिने अभियान निरन्तर रूपमा चलिरहेको छ।”

हालसम्म धादिङ प्रहरीले मात्रै १३७ जना फरार कैदीबन्दीलाई पक्राउ गरिसकेको जनाएको छ। बाँकी फरारहरूलाई समेत पक्राउ गर्न विशेष निगरानी र खोजतलास जारी राखिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित अदालतमा पेश गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट