Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय विपद् परिषद् बैठक, जनधन क्षतिको समीक्षा र राहत योजना तयारी

प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय विपद् परिषद् बैठक, जनधन क्षतिको समीक्षा र राहत योजना तयारी

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन्। बैठक मंगलबार बिहान साढे ११ बजे बस्ने गरी तय गरिएको छ। यसबारे जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले दिएका छन्।

कार्यकारी प्रमुख भट्टका अनुसार, बैठकले बाढी र पहिरोबाट प्रभावित क्षेत्रका राहत कार्यलाई प्रभावकारी बनाउने, क्षति पुगेका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत महत्वपूर्ण निर्णय गर्नेछ।

भट्टले अविरल वर्षापछि आएको विपद् कारण अहिलेसम्म ४५ जनाको मृत्यु भएको, ६ जना बेपत्ता र २४ जना घाइते रहेको जानकारी दिए। घाइतेको उपचार प्रशासन कार्यालयको समन्वयमा निःशुल्क भइरहेको छ भने पीडित परिवारलाई खाद्यान्न र अन्य आवश्यक सहयोग प्रदान गरिँदै आएको छ।

उनले अझै केही स्थानमा खोज–उद्धार कार्य जारी रहेकाले बाढी र पहिरोबाट भएको जनधनको पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको बताए।

बैठकले आगामी राहत कार्यक्रम, पुनर्निर्माण योजना र विपद् व्यवस्थापनमा समन्वय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा केन्द्रित निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट