काठमाडौँ : काठमाडौँमा सरकारी कार्यालय सोमबार नै खुल्ने भएको छ। सरकारले दिएको दुई दिनको बिदा मौसममा सुधार आएसँगै एक दिन कटौती भएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको गरेको सूचनामा सबै कार्यालय खोल्ने र सेवा सहज बनाउने उल्लेख छ।
‘दुई दिन देखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरु अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति २०८२–०६–१९ र २० गते २ (दुई) दिन सार्वजनिक विदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२–०६–२० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समय सम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरु, संस्थानहरू र स्थानिय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख एवं तदनुरुप कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउनु हुन अनुरोध छ’, सूचनामा भनिएको छ।’
मौसममा खराबी आएसँगै सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij