Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सोमबार बस्ने

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सोमबार बस्ने

काठमाडौँ :  नेकपा (माओवादी केन्द्र)ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।उनका अनुसार महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो । यस्तै माओवादीले पूर्वपदाधिकारीलाई यसअघि नै सचिवालयमा रूपान्तरण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट