Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नारायणगढ-मुग्लिन र पृथ्वीराजमार्गको विभिन्न ठाउँमा पहिरो, सडक अवरुद्ध

नारायणगढ-मुग्लिन र पृथ्वीराजमार्गको विभिन्न ठाउँमा पहिरो, सडक अवरुद्ध

चितवन : नारायणगढ– मुग्लिन सडक खण्डको विभिन्न स्थानमा पहिरो खस्दा चितवन भएर गुड्ने सवारी साधन पूर्ण रूपमा रोकिएका छन् । पहिरोको जोखिमका कारण हिजो साँझ ६ बजेदेखि नै यस क्षेत्रमा जिल्ला सुरक्षा समितिले गाडी चलाउन रोकेको थियो । चितवनका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार अहिले नारायणगढ मुग्लिन सडकखण्डको तुइनखोला र कालीखोला र पृथ्वीराजमार्गको फिस्लिङ देखि उत्तर खण्डमा समेत पहिरो खसेको छ ।

जसका कारण दुबैतर्फ सडक अवरुद्ध रहेको छ । तीन स्थानमा अहिले पनि पहिरो तथा ढुङ्गा खसिरहेको उनले जानकारी दिए । पहिरो गएका स्थानमा बाटो खुलाउने काम पनि भइरहेको जनाइएको छ ।

यसका साथै धादिङ , तनहुँका विभिन्न सडक खण्डमा समेत पहिरो खसेर बाटो अवरोध भएकोले काठमाडौं जाने सडक पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ ।

चितवन प्रहरीले बाटो पन्छाएर सञ्चालनमा नआउँदासम्म हिजोदेखि होल्डिङ सेन्टरमा रहेका यातायातका साधनलाई सोही स्थानमा रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट