Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

भारी वर्षाको चेतावनीबीच मन्त्री कुलमान घिसिङको निर्देशन: विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन आग्रह

भारी वर्षाको चेतावनीबीच मन्त्री कुलमान घिसिङको निर्देशन: विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन आग्रह

काठमाडौँ  : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङले विपद् व्यवस्थापनका लागि सबै सम्बन्धित निकायका कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ ।

आज उहाँले मन्त्रालय तथा मातहतका निकायका प्रमुखहरूसँग गरेको छलफलमा सडक, सिँचाइ सञ्जाल र जलविद्युत् संरचनालाई बाढी पहिरोबाट जोगाउन तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री घिसिङको निजी सचिवालयका अनुसार आज साँझदेखि आइतबार बिहानसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान भएकाले पूर्वाधार संरक्षणमा ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो । उहाँले बजेट अभाव देखाएर जिम्मेवारी पन्छिने प्रवृत्ति त्याग्न पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट