Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

त्रिभुवन राजपथ र कान्ति लोकपथमा पनि राति गाडी चलाउन रोक

त्रिभुवन राजपथ र कान्ति लोकपथमा पनि राति गाडी चलाउन रोक

काठमाडौँ : संघीय राजधानी काठमाडौँ जोड्ने ऐतिहासिक त्रिभुवन राजपथ र छोटो दूरीको कान्ति लोकपथमा रात्रिकालीन सवारी आवागमनमा रोक लागेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार साँझ सूचना जारी गरी असोज १७ गतेदेखि २० गतेसम्मका लागि दुवै सडकमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जारी गरेको सूचनामा कान्ति लोकपथ हुँदै काठमाडौँ पुग्ने सडकमा बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म र त्रिभुवन राजपथ अन्तर्गतको भैंसे–काठमाडौँ खण्डमा बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्मका लागि सवारी आवागनम बन्द गरिएको उल्लेख छ।

मौसम पूर्वानुमान शाखाले मकवानपुरसहितका जिल्लामा भारी वर्षाको सम्भावनासहितको सूचना जारी गरेपछि धनजनको क्षति हुन नदिन रात्रिकालीन आवागमनमा रोक लगाउनु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट