Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बागमती सरकारले प्रहरीलाई ८५ मोटरसाइकल उपलब्ध गराउने

बागमती सरकारले प्रहरीलाई ८५ मोटरसाइकल उपलब्ध गराउने

हेटौँडा : बागमती प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका सवारीसाधनको विकल्पस्वरूप प्रहरीले प्रयोग गर्ने ८५ वटा मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार करिब ३ करोड रुपैयाँ बराबरका मोटरसाइकल खरिद गरी इलाका प्रहरी कार्यालयलाई ३०, उपत्यका प्रहरीलाई ३० र उपत्यका ट्राफिक प्रहरीलाई २५ वटा हस्तान्तरण गर्ने तयारी गरिएको हो ।

चाडपर्वमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको मन्त्री तामाङले बताए । उनका अनुसार खरिद हुने मोटरसाइकल अधिकतम १६० सीसी क्षमताको हुने र प्रतिवाहन ३ लाख ५० हजार रुपैयाँसम्मको मूल्यमा खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट