Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

टिकटक किन्ने सम्झौतामा मुर्डक परिवार पनि सामेल

टिकटक किन्ने सम्झौतामा मुर्डक परिवार पनि सामेल

क्यालिफोर्निया : अमेरिकी लगानीकर्ताहरूको एउटा समूहले चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटक किन्न लागेको छ । यो समूहमा मिडिया टाइकुन रुपर्ट मुर्डक र उनको छोरा लाच्लन पनि सहभागी हुने अपेक्षा गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् ।

आइतबार फक्स न्युजमा दिएको अन्तरवार्तामा उनले यो कुरा भनेका हुन् । अमेरिकामा टिकटकलाई चलाइराख्ने सम्भावित सम्झौतामा मुर्डकलगायतका व्यापारीहरू पनि सहभागी हुने सम्भावना रहेको उनले बताए । सम्झौतामा ओर्याकलका ल्यारी एलिसन र डेलका संस्थापक माइकल डेल पनि सामेल हुन बताइएको छ ।

‘मलाई लाग्छ कि यिनीहरूले निकै राम्रो काम गर्नेछन्,’ ट्रम्पले भने । यिनीहरूलाई ट्रम्पले अमेरिकी देशभक्तको संज्ञा दिएका छन् । ट्रम्पले यो हप्ताको सुरुमा चिनियाँ समकक्षी सी चिनफिङसँग फोनमा कुराकानी गरेका थिए ।

बाइटडान्सले टिकटकको अमेरिकी व्यवसायलाई बेचेन भने अमेरिकामा एपमाथि पूर्णतः प्रतिबन्ध लाग्नेछ । तर ट्रम्पले दोस्रो कार्यकाल सुरु भएयता बारम्बार प्रतिबन्धको म्याद पछाडि धकेलिरहेका छन् । अमेरिकी लगानीकर्ताहरूले किनेर भए पनि टिकटक सञ्चालनमा आइरहोस् भन्ने चाहना ट्रम्पको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट