चितवन : भरतपुर–१०, विमानस्थल अगाडि नयाँ होटल र सपिङ स्टोर सञ्चालनमा आएका छन्। चितवन विजनेश कम्प्लेक्स होटल प्रा।लि। र चितवन विजनेशन मार्टले सञ्चालन गरेको सेल्सबेरीले आज पत्रकार सम्मेलनमार्फत दुवै सेवा सुरु भएको जानकारी दिएको छ।
चितवन विजनेश कम्प्लेक्स होटल प्रा।लि। ९सिबिसी० का कार्यकारी अध्यक्ष दिनुप बरालका अनुसार, कम्प्लेक्स १,०७,००० स्क्वायरफिटमा फैलिएको छ। भवन अन्डरग्राउण्ड दुई तलासहित ११ तलामा फैलिएको छ। अन्डरग्राउण्डमा पार्किङ, तीन तलामा सेल्सवेरी, छ तलामा होटल सञ्चालनमा आएको छ।

‘लड्र्स होटल’ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चेन होटल ‘लड्र्स हस्पिटालिटी’सँगको सहकार्यमा सञ्चालन भएको हो। होटलमा ५८ कोठा छन् जसमा प्रेसिडेन्सियल, स्वीट, सुपर डिलक्स, प्रिमियम र स्टान्डर्ड कोठा समावेश छन्। सभा कक्ष, कन्फ्रेन्स हल र बैठक कक्ष सहित रेस्टुरेन्ट १२५ जनाको सेवा क्षमता राख्छ। माथिल्लो तलामा स्वीमिङ पुल पनि छिट्टै सञ्चालनमा आउने तयारीमा छ।
सेल्सवेरीको ३८ औं शाखामा ग्रोसरी, हाउसवयर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, लिक्वायर उपलब्ध छन्। निकट भविष्यमा कपडा र फर्निचर पनि उपलब्ध हुनेछन्। दसैं–तिहारको अवसरमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
उहाँले भन्नुभयो “होटलमा ५८ वटा कोठा रहेका छन् । ती मध्ये प्रेसिडेन्टियल एक, स्वीट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्टान्डर्ड कोठा रहेका छन् ।” होटल शुभारम्भको अवसरमा सन् २०२५ भरी २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँको भनाई छ । होटलमा पाँच सय क्षमताको सभा कक्ष, एक सय क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीन वटा बैठक कक्ष रहेको भन्दै कार्यकारी अध्यक्ष बरालले भन्नुभयो “रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ ।”
भवनको माथिल्लो तलामा स्वीमिङ पुल छिट्टै सञ्चालनमा आउने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो । कम्प्लेक्सको तीन वटा तलामा सेल्सवेरीको ३८ औं शाखा सञ्चालनमा आएको भन्दै उहाँले भन्नुभयो “ग्रोसरी, हाउसवयर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा लिक्वायर लगायत घरायसी सम्पूर्ण सामग्री सेल्सवेरीमा रहेका छन् ।” कपडा, फर्निचर लगायतका सामग्री निकट भविष्यमा उपलब्ध हुने उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो “सेल्सवेरीमा दसैं तिहारको अवसरमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं ।” भवनको अण्डरग्राउण्ड दुई तलामा पार्किङ्गको व्यवस्था गरिएको भन्दै उहाँले जहाँ चार पाङ्ग्रे ९कार० ८० वटा र दुई पाङ्ग्रे ९मोटरसाईकल स्कुटर० दुई सय वटा पार्किङका लागि सहज व्यवस्था रहेको बताउनुभयो ।
कम्पनीले होटल र भवनमा १६० करोड रुपैयाँ लगानी गरेको छ भने सेल्सवेरीमा २५ करोड रुपैयाँ लगानी भएको छ। स्थानीय १८ व्यवसायी र लक्ष्मी सनराइज बैंकसँग सहकार्यमा यो व्यवसाय सञ्चालनमा आएको छ।
कार्यकारी अध्यक्ष बरालले भने, “चितवनको तीव्र विकास र उपभोक्ताको ‘सपिङ्ग कल्चर’लाई ध्यानमा राख्दै हामी सेवाहरू विस्तार गर्दै जानेछौं। कम्पनीले दसैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दछ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij