Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ध्वस्त निवास अवलोकनमा मेयर रेनु दाहाल, भन्छिन्ः रातदिन भरतपुरबासीका लागि काम गर्दा पुरस्कार राम्रै दिनुभयो !

ध्वस्त निवास अवलोकनमा मेयर रेनु दाहाल, भन्छिन्ः रातदिन भरतपुरबासीका लागि काम गर्दा पुरस्कार राम्रै दिनुभयो !

चितवन : जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी हुँदा ध्वस्त बनेको भरतपुर–१४ शिवनगरस्थित आफ्नै निवास सोमबार पहिलो पटक अवलोकन गर्न भरतपुर महानगर प्रमुख रेनु दाहाल पुग्नुभयो।

निवास अवलोकनका क्रममा मेयर दाहाल अत्यन्तै भावुक बन्नुभयो। आन्दोलनका कारण आफ्नो घर जलेर पूर्ण रूपमा क्षति भए पनि उहाँले भन्नुभयो रातदिन भरतपुरबासीका लागि काम गर्दा पुरस्कार राम्रै दिनुभयो ।

साथै मेयर रेनुले भरतपुरबासीप्रतिको विश्वास र माया नै ठूलो प्रेरणाको स्रोत भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “रातदिन भरतपुरबासीका लागि काम गर्दा नागरिकले दिनुभएको साथ र विश्वास नै मेरो लागि पुरस्कार बनेको छ। घर जलेर गुमे पनि जनताको भरोसा मेरो ठूलो सम्पत्ति हो।” हिजो युद्धमा सब थोक त्यागेर हिडेको स्मरण गर्दै घर ध्वत भए पनि जनताको साथ आफूसँग रहेको स्पष्ट पार्नु भयो ।

अवलोकनका क्रममा मेयर दाहालले यस कठिन परिस्थितिले आफूलाई अझै बढी जिम्मेवार बनाएको उल्लेख गर्दै शहरका नागरिकका लागि निरन्तर खटिरहने प्रतिबद्धता जनाउनुभयो।

उहाँको उपस्थितिले स्थानीयवासीलाई पनि भावुक बनाएको थियो। उनीहरूले मेयरप्रतिको ऐक्यबद्धता व्यक्त गर्दै कठिनाइको बेला समेत जनताको सेवा निरन्तर गर्ने उहाँको संकल्पलाई प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट