काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले हालैको जेन जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सतुङ्गलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्कको स्थलगत अवलोकन गरेका छन्।
आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट अरबौँ रुपैयाँको क्षति भएको उक्त पार्कको अवस्थाबारे जानकारी लिएपछि अर्थमन्त्री खनालले सरकार निजी क्षेत्रलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए। उनले यस्ता घटनाले देशको अर्थतन्त्रमा नकारात्मक असर पुग्ने उल्लेख गर्दै भविष्यमा यस्ता घटना हुन नदिन सरकारले विशेष ध्यान दिने बताए।
सीजी ग्रुपका अध्यक्ष विनोद चौधरीले अर्थमन्त्रीलाई क्षतिको विवरण प्रस्तुत गर्दै लगानीमैत्री वातावरणका लागि सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग गरे। उनले आन्दोलनको नाममा निजी सम्पत्तिमाथि गरिएको आक्रमणले व्यवसायीहरूमा त्रास बढाएको बताए।अर्थमन्त्री खनालले निजी क्षेत्रको सुरक्षा र विकास सरकारको प्राथमिकतामा रहेको बताउँदै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारले नीतिगत र व्यवहारिक सहयोग गर्ने आश्वासन दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij