Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एकता र सहकार्यका लागि अशोक र रिजवानबिच भेटवार्ता

एकता र सहकार्यका लागि अशोक र रिजवानबिच भेटवार्ता

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी बिच शनिवार भेटवार्ता भएको छ । भेटमा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेनजी आन्दोलनको समीक्षा र त्यसबाट उत्पन्न राजनीतिक अवस्था, संसद् विघटन, निर्वाचनलगायतको विषयमा कुराकानी भएको अध्यक्ष रिजवान अन्सारीले बताए । जेनजी आन्दोलनले उठाएका मागको सम्बोधन गर्न संवैधानिक मार्ग र भविष्यको राजनीतिक स्थिरताबारे समेत छलफल भएको उनले बताए ।

दुई पार्टीबिच कार्यगत एकता सहकार्यका छलफल गर्दै जाने कुराकानी समेत भएको बताउँदै उनले पहिला कार्यगत एकता वा मोर्चाबन्दी गर्ने र त्यसपछि पार्टी एकताकै लागि अगाडि बढ्ने कुराकानी भएको उनले बताए । उनले देशलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी राज्यव्यवस्थाको बाटोतर्फ लैजाने दुई दलबिचमा साझा अठोट समेत व्यक्त गरिएको बताए ।

जसपाका अध्यक्ष अशोक राई र अध्यक्ष अन्सारीले एमालेबाट एक साथ विद्रोह गरेर संघीय समाजवादी पार्टी बनाएका थिए । पछि अशोक राईले उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालसँग एकीकरण गरेका थिए । त्यसपछि अन्सारीले त्यहाँबाट अलग भएर नेपाल संघीय समाजवादी पार्टी बनाए । अब पुनः दुवैले एकताका लागि गृहकार्य सुरु गरेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij