काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पार्टी नेतृत्व रुपान्तरणको विषय उठेको छ। रास्वपा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले नेतृत्व रुपान्तरणको प्रस्ताव अघि सारेकी हुन् ।कार्यबाहक सभापति डीपी अर्यालमार्फत उनले संस्थापक सभापति रवि लामिछानेसँग पार्टीको अर्थपूर्ण रुपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गर्न माग गरेकी छन् ।
उनले पार्टीको नेतृत्व,सिद्धान्त,नीति,कार्यक्रम आदि सबै आयामको पुनरावलोकन र पुनरसंचरना गर्नुपर्ने जोड दिएकी छन्।उनले हालैको जेनजी आुन्दोलनले देखाएको जनभावनालाई आत्मसात् गर्दै सबै जाति, वर्ग र पुस्ताको अपेक्षा सम्बोधन गर्नुपर्ने बताएकी छिन् । उनले विभिन्न ४ बुँदामा प्रस्ताव राखेकी छन् ।
१. जेनजी मात्र नभई सबै पुस्ताको भावनालाई सम्बोधन गर्ने। २. आन्दोलनले मागेअनुसार राजनीतिक दलमा आमूल सुधार ल्याउने। ३ .रास्वपालाई नेतृत्व, नीति र कार्यक्रमसहित मध्यमार्गी राजनीतिक शक्तिमा रूपान्तरण गर्ने। ४. रूपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गरी अन्य दल र समूहसँग संवाद बढाउने। उनको धारणा छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij