Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

ओली सरकारको दम्भ र अहंकारले जेनजी आन्दोलनमा धेरै क्षति भयो : माधव नेपाल

ओली सरकारको दम्भ र अहंकारले जेनजी आन्दोलनमा धेरै क्षति भयो : माधव नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली सरकारको दम्भ र अहङ्कारले जेनजी आन्दोलनमा धेरै क्षति भएको बताएका छन् ।अध्यक्ष नेपालले आज शोक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । उनले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जलि अर्पण गरे ।साथै उनले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । सो प्रदर्शनका क्रममा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत उनले गरे।

‘जेनजी’ अन्दोलनका मागप्रति आफ्नो पार्टीले त्यस बेला नै समर्थन तथा ऐक्यबद्धता प्रकट गरेको स्मरण गराउँदै उनले जायज मागलाई सम्बोधन गर्नुको साटो तत्कालीन सरकारको दम्भ र अहङ्कारले धेरै जनधनको क्षति हुन गएको उल्लेख गरे।

वक्तव्यमा भनिएको छ, ‘जनताको चाहना र भावना अनुरुप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा जनतामा उत्पन्न निराशा र आक्रोशको परिणामका रुपमा त्यस घटनालाई स्वीकार गर्नुपर्छ।

नेता र जनताको जीवनशैली बीचको अन्तर, भ्रष्टाचार, कुशासन, बरोजगारी, युवा पलायन तथा आर्थिक सामाजिक रुपान्तरणको मार्गमा हिँड्न नचाहनेरनखोज्ने कार्यशैलीका कारण यो अवस्था उत्पन्न भएको कुरालाई समेत मनन गर्नुपर्दछ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij