काठमाडौँ : राष्ट्रिय मुक्ति पार्टी नेपालले ‘जेन जी’ आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टीका अध्यक्ष राजेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक क्रान्ति र देशको स्वाधीनताका लागि युवा पुस्ताले गरेको बलिदानलाई स्मरण गरेका हुन्।
विज्ञप्तिमा महतोले ‘जेन जी’ आन्दोलनमा सहादत प्राप्त गरेका वीर सहिदहरूको त्यागलाई राष्ट्रले कहिल्यै भुल्न नसक्ने उल्लेख गर्दै यसलाई ऐतिहासिक गौरवको रूपमा स्मरण गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘तपाईंहरूको बलिदानले हामीलाई अझ दृढताका साथ संघर्ष गर्न प्रेरित गरेको छ। यो संघर्ष व्यक्तिगत मात्र होइन, जनताको अधिकार, समानता, स्वाभिमान र भ्रष्टाचार विरुद्धको साझा संघर्ष हो।’
अध्यक्ष महतोले आफ्ना पार्टीका सबै नेता तथा कार्यकर्तालाई सहिदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न आह्वान गरेका छन्। साथै संविधान, देशको कानुन र सार्वजनिक स्थानहरूमा श्रद्धाञ्जली सभाहरू आयोजना गरी सहिदहरूलाई सम्झन आग्रह गरिएको छ।
राष्ट्रिय मुक्ति पार्टीले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै स्वाधीनताको सपना पूरा गर्ने प्रतिबद्धता पनि जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij