Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बागमती प्रदेशका सभामुख पाठकले बुझाए राजीनामा

बागमती प्रदेशका सभामुख पाठकले बुझाए राजीनामा

काठमाडौं : बाग्मती प्रदेश सभामुख भुवन पाठकले पदबाट राजीनामा दिएका छन् । सरकारविरुद्धको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन ।सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम उपसभामुख समक्ष आज बुधबार आफ्नो आधिकारिक राजीनामा पत्र पठाएका छन् ।

२४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेका थिए । उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी प्रक्रिया पुरा गर्न अनुकुल नभएको पत्रमा उल्लेख गरेका छन् ।पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेशसभा सदस्य भएर २०७९ पुस २८ मा बागमतीको सभामुख बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij