Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जनार्दन शर्माद्धारा प्रचण्डको राजीनामा माग

जनार्दन शर्माद्धारा प्रचण्डको राजीनामा माग

काठमाडौं : जेनजी आन्दोलनपछि पार्टी पुनर्गठनको बहस चलिरहदा पुराना पार्टीका नेतृत्वकर्ताको औचित्य नै नरहेको भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।

जेनजी आन्दोलनले सकारात्मक सन्देश दिएकाले नेतृत्वको औचित्य नरहेको भन्दै पार्टी नेतृत्व अब परिवर्तन हुनुपर्ने निष्कर्षमा पुगेका हुन् । पार्टी शीर्ष नेताहरुको कार्यशैली, जीवनशैली र नेतृत्वमा प्रश्न उठाउँदै आएका जनार्दनले जेनजी आन्दोलनले लोकतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको जनाएका छन् ।

त्यसैले वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन् । भ्रष्टाचार र सुशासनका मागसहित जेनजी युवाहरुले भदौ २३ गते काठमाडौंमा प्रदर्शन आयोजना गरेका थिए । माइतीघरतर्फबाट नयाँबानेश्वरतर्फ प्रस्थान गरेको युवाहरुको जुलुश प्रहरी घेरा तोड्दै संसद् भवन पुगेपछि हिंसात्मक बनेको थियो । त्यसको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए ।

जताततै आगजनी भएपछि नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसहित, प्रधानमन्त्री केपी शर्मा ओली र सबैजसो राजनीतिक दलका शीर्ष नेता तथा मन्त्रीहरुलाई हेलिकप्टरमार्फत् उद्धार गरेको थियो । जेनजी आन्दोलनको ८ दिनपछि मंगलबार पहिलोपटक सार्वजनिक भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय अवलोकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij