धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका सरकारी कार्यालयहरूको अनुगमन गरेका छन् ।मंगलबार बिहान उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, प्रदेश सभा भवन र सामाजिक विकास मन्त्रालय लगायतका संरचनाको अनुगमन गरेका हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदेशभर २३३ वटा भौतिक संरचनामा क्षति पुगेको छ। जसमा १५ प्रहरी कार्यालय, १४९ सरकारी कार्यालय, ३५ व्यापारिक तथा निजी भवन र ३४ वटा पार्टी कार्यालय रहेका छन् ।
प्रदेशमा ६८८ वटा सवारी साधनमा क्षति पुगेको छ। आगजनीबाट सरकारी कार्यालयका फर्निचर, कम्प्युटर, महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् भने केही सामान चोरी समेत भएका छन् । मुख्यमन्त्री कार्यालय जलेर खण्डहर बनेको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र सेवा प्रवाहको तयारी गरिरहेको भइरहेको जनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij