Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्री कार्कीले तिलगंगा पुगेर मन्त्री बन्न गरेको आग्रह डा. रुइतद्वारा अस्वीकार

प्रधानमन्त्री कार्कीले तिलगंगा पुगेर मन्त्री बन्न गरेको आग्रह डा. रुइतद्वारा अस्वीकार

काठमाठडौं : प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन वरिष्ठ नेत्र रोग चिकित्सक सन्दुक रुइतलाई आग्रह गरेपनि उनले अस्वीकार गरेका छन् ।आज तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् ।जवाफमा डा. रुइतले भने आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका छन् ।

छलफलपछि डा. रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।सञ्चारकर्मीले कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने हो भनेर सोधेको प्रशनमा उनले भने–‘यहाँ छोडेर आउने ? यत्रो छ काम यहाँ छोडेर आउने ? बिरामीलाई छाडेर आउँदैन ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij