Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आईजीदेखि इन्स्पेक्टरसम्मको तलब काटेर मृतक प्रहरीका परिवारलाई १० लाख दिइने

आईजीदेखि इन्स्पेक्टरसम्मको तलब काटेर मृतक प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं : नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले प्रहरी महानिरीक्षक (आईजी)देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु १० लाख उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij