Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कतै परिसरबाटै त कतै भत्किएकै संरचनाबाट सेवा सुरु

कतै परिसरबाटै त कतै भत्किएकै संरचनाबाट सेवा सुरु

तुलसीपुर : जिल्लाका स्थानीय तहहरूका भवन जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त अवस्थामा पुगेका छन् । संरचनाहरु क्षतिग्रस्त अवस्थामा पुगेपनि स्थानीय तहहरूले भने कतै परिसरबाटै त कतै भत्किएकै संरचनाबाट सेवा सुरु गरेका छन् ।

आन्दोलनका क्रममा दुई वटै संरचना क्षति पुगेका तुलसीपुर उपमहानगरपालिकाले सोमबारबाट परिसरमै त्रिपाल टाँगेर सेवा सुरु गरेको छ भने घोराही उपमहानगरपालिकाले परिसरबाटै सेवा सुरु गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले आन्दोलनका क्रममा दुई वटै भवन पूर्णरूपमा क्षति पुगेको बताउनुभयो । उहाँले क्षति पुगेको भवनमध्ये आंशिक कोठामात्रै क्षति नभएको बताउनुभयो । नगरप्रमुख खड्काले पालिकाले निर्माण गरेको तुलसी ट्रेड टावरमा आन्दोलनका क्रममा आगलागी नभएपनि ढुङ्गामुढाका कारण क्षति पुगेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले तत्कालका लागि अत्यावश्यकीय सेवा सुरु गरेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा भत्ता,स्वास्थ्यलगायतका सेवा सुरु गरेको बताउनुभयो ।

आन्दोलनका क्रममा तुलसीपुरमा रहेका मालपोत,आन्तरिक राजस्व,इलाका प्रशासन,कारागार,यातायात व्यवस्था,उच्च अदालत,सिचाई डिभिजन,भू जलाधार संरक्षणलगायतका कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । यसैबीच तुलसीपुर उपमहानगरपालिकाले सेवा प्रवाहलाई नियमित गर्ने विषयमा सोमबार सर्वपक्षीय छलफलसमेत आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij