गुल्मी : गुल्मीमा ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयले गाउँमै गएर सेवा सुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार विकट पालिकालाई प्राथमिकता दिँदै पालिकासँगको समन्वयमा वडास्तरमै परिचयपत्र वितरण र आवेदन संकलन भइरहेको छ ।
भदौ १८ देखि २७ गतेसम्म मदाने गाउँपालिकामा २८४ जनालाई परिचयपत्र वितरण र १८९ जनाको आवेदन संकलन गरिएको छ भने भदौ ३० गतेदेखि कालीगण्डकी गाउँपालिकामा सेवा सुरु भएको छ । यसरी विकट ठाउँमा कर्मचारी खटाउँदा नागरिकलाई यातायात र खर्चको बोझ कम भएको छ ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले गाउँमै सेवा पाउँदा समय र पैसाको बचत भएको बताए । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले कर्मचारी अभावबीच पनि विकटका नागरिकलाई सहज बनाउन आन्तरिक व्यवस्थापनमार्फत सेवा निरन्तर गरेको उल्लेख गर्नुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij