कास्की : पोखरा महानगरपालिकाको प्रमुख प्रशासनिक भवन जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएपछि सेवामा असहज परिस्थिति सिर्जना भएको छ । महानगरले असोज १ गतेदेखि वैकल्पिक कार्यालयमार्फत सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
प्रमुख प्रशासनिक काम दमकल रहेको कार्यालयबाट सञ्चालन गरिने छ भने सेवाग्राहीको बढी भिड हुने महाशाखा पोखरा सभागृहमा सारिएको छ । शिक्षा महाशाखाबाट आर्थिक प्रशासन र कोष प्रशासनसमेत सञ्चालन हुने छन् । पूर्वाधार विकास महाशाखाबाट पूर्वाधारसँगै योजना, भूमि प्रशासन र खरिद शाखा चलाइने निर्णय गरिएको छ ।
सामाजिक विकास महाशाखा भने हालकै स्थानबाट निरन्तर चल्नेछ । विद्यालयहरूलाई असोज १ गतेदेखि नियमित सञ्चालन गर्न अपिल गरिएको छ ।
नगरप्रमुख धनराज आचार्यले संकटबीच पनि सेवा प्रवाह नरोकिने भन्दै वैकल्पिक व्यवस्था गरेर निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वडास्तरका सेवा पनि असोज १ गतेदेखि सुरु हुनेछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij