Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

महेश बस्नेतको प्रश्न – चोर्न र लुट्न गएका आन्दोलनकारीले १५ लाख पाउने, प्रहरीले चै के पाउने ?

महेश बस्नेतको प्रश्न – चोर्न र लुट्न गएका आन्दोलनकारीले १५ लाख पाउने, प्रहरीले चै के पाउने ?

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने सबैलाई समान दृष्टिले हेर्न आग्रह गरेका छन् ।मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले राज्यले प्रहरीको मनोबल उच्च बनाउन तत्काल कदम चाल्नुपर्ने माग गरेका हुन् ।

सरकारले ‘जेनजी स्मृति पार्क’ निर्माण गर्ने निर्णयलाई बस्नेतले सकारात्मक भन्दै ‘जेनजी’ नाम हिंसा, आगजनी र विध्वंशसँग जोडिँदै बदनाम भएको भन्दै यसको सट्टा ‘डीजी स्मृति पार्क’ नामकरण गर्न सुझाव दिएका छन् ।

बस्नेतले आन्दोलनकै क्रममा ज्यान गुमाएका प्रहरीहरूको सम्मानमा पनि छुट्टै स्मृति पार्क बनाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘जेनजी आन्दोलनतर्फ मारिएका व्यक्तिलाई १५ लाख दिइने र ‘शहीद’ घोषणा गरिने निर्णय राम्रो कदम हो। तर, अन्य ५१ जनाको हकमा के हुन्छ ? प्रहरीलाई त्यही निर्णय लागू हुन्छ कि हुँदैन ? एउटै घटनामा ज्यान गुमाएका सबैलाई समान दृष्टिले हेर्नैपर्छ।’

उनले चेतावनी दिँदै थपे, ‘कदाचित चोर्न, लुट्न र मान्छे मार्न गएका आन्दोलनकारीले १५ लाख पाउने तर राष्ट्र र नागरिकको सुरक्षार्थ खटिएका प्रहरीहरूले उचित सम्मान र राहत नपाउने अवस्था आयो भने, यसले भविष्यमा अर्को किसिमको द्वन्द्व निम्त्याउने निश्चित छ।’

यसैबीच, नेपाल प्रहरीले आफ्नै संगठनभित्रबाट सराहनीय कदम चालेको छ । प्रहरी निरीक्षकदेखि माथिका पदमा रहेका सम्पूर्ण अधिकृतहरूको तलब कटौती गरेर मृत प्रहरीका परिवारलाई १० लाख राहत दिने निर्णय गरिएको छ। बस्नेतले यसलाई उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij