Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

टिकटकमाथिको प्रतिबन्ध नजिकिँदै गर्दा दोस्रो दिन पनि अमेरिका र चीनबिच वार्ता

टिकटकमाथिको प्रतिबन्ध नजिकिँदै गर्दा दोस्रो दिन पनि अमेरिका र चीनबिच वार्ता

वासिङ्टन डिसी : अमेरिकामा चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लाग्ने मिति नजिकिँदै गर्दा सोमबार स्पेनमा अमेरिका र चीनका अधिकारीहरूले दोस्रो दिन पनि व्यापार वार्ता गर्दैछन् ।

टिकटकको माउ कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी व्यवसाय बेचेन भने अमेरिकामा एप पूर्ण प्रतिबन्धमा पर्नेछ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उप प्रधानमन्त्री हे लाइफेङको नेतृत्वमा हुन लागेको वार्ता विश्वका दुई ठुला अर्थतन्त्रबिचको व्यापार युद्ध अन्त्य गर्ने पछिल्लो प्रयास हो ।

चीन र अमेरिकाका शीर्ष तहका व्यापार प्रतिनिधि मन्डलबीच जुलाईमा भेटवार्ता भएको थियो । त्यतिबेला ट्यारिफ युद्धमा नोभेम्बर १० सम्म विराम लगाउने भनेर ९० दिनको समय थप गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमै टिकटकमाथि प्रतिबन्ध लगाउनु पर्ने भनेका थिए । तर आफूलाई दोस्रो कार्यकाल जिताउन एपको भूमिकालाई हेरेपछि उनी एपप्रति नरम बने ।

दोस्रो कार्यकाल सुरु भएयता ट्रम्पले प्रतिबन्ध सुरु म्याद तीन पटक लम्ब्याइसकेका छन् । टिकटकलाई मर्न दिने कि के गर्ने ? आफूलाई थाहा नभएको आइतबार ह्वाइट हाउसमा बोल्ने क्रममा ट्रम्पले भनेका थिए । यो कुरा चीनमा भर पर्ने उनले उनले भनेका थिए । गएको महिना भने ट्रम्पले टिकटक किन्ने क्रेता नभेट्टाउँदासम्म प्रतिबन्धको समय सीमा बढाउने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट