Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने

ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने

काठमाडौं : नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।उनले आजै शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ लिएका थिए ।उनीसंगै शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका गृह र कानूनमन्त्री ओम प्रकाश अर्यालले र अर्थमन्त्री रामेश्वर प्रसाद खनालले यसअघि पदभार ग्रहण गरिसकेका छन् ।

ऊर्जामन्त्री घिसिङले पदभार ग्रहण गरे लगत्तै पहिलो निर्णय समेत गरेका छन् । उनले विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij