Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अर्थमन्त्री खनालले बाहुबली देखाए, शपथ लिएकै दिन मन्त्रालयबाट शर्मालाई सुरक्षाकर्मी लगाएर निकाले

अर्थमन्त्री खनालले बाहुबली देखाए, शपथ लिएकै दिन मन्त्रालयबाट शर्मालाई सुरक्षाकर्मी लगाएर निकाले

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले पर्वतका शालिकराम शर्मालाई सुरक्षाकर्मी परिचालन गरेर घेक्र्याएर बाहिर निकालेका छन् ।

सोमबार अर्थमन्त्री शपथ लिएर सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरूलाई निर्देशन दिने क्रममा खनालले शर्मालाई सुरक्षाकर्मी लगाएर बाहिर पठाएका हुन् । सर्वसाधारण शर्माले अर्थमन्त्री खनालसँग अर्थसचिवलाई हटाउन माग गरेका थिए । गोजीबाट निकालेर जम्मा ७ वटा जिल्लामा मात्रै बजेट राखेको आरोप लगाएका थिए ।

त्यसपछि अर्थमन्त्री खनालले तपाईको कुरा बुझे भन्दै सुरक्षाकर्मी परिचालन गरेर शर्मालाई अर्थ मन्त्रालयबाट घोक्रेठ्याक लगाएर निकालेका हुन् । युवा र जनताको सुशासनको नाममा अर्थमन्त्री भएका खनालले शुरु कै दिन आफ्नो औकात देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij