Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

दलविना गणतन्त्र र गणतन्तत्रविना समाज बाच्दैन, पार्टी पुनर्गठन गरौँ : गोकुल बाँस्कोटा

दलविना गणतन्त्र र गणतन्तत्रविना समाज बाच्दैन, पार्टी पुनर्गठन गरौँ : गोकुल बाँस्कोटा

काठमाडौं : नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले छिटो पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन् ।जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।उनले फेसबुकमा लेखेका छन्- ‘अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी,कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौ।

अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्तत्रविना समाज। समय,परिवेश,प्रकृति,प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्छ।’राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज नबाँच्ने जिकिर गर्दै बाँस्कोटाले यसको अपरिहार्यतामा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij