Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्राधिकरणबाट हटाइएका घिसिङ उर्जामन्त्री बन्दा खनाललाई अर्थ र अर्याललाई गृहको जिम्मा

प्राधिकरणबाट हटाइएका घिसिङ उर्जामन्त्री बन्दा खनाललाई अर्थ र अर्याललाई गृहको जिम्मा

काठमाडौं : अन्तरिम सरकारका ३ नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् ।राष्ट्रपति कार्यालय शितलनिवास प्रांगणमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरु रामेश्वरप्रसाद खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई सपथग्रहण गराएका हुन् ।

रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा,जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात,सहरी विकास मन्त्री र ओमप्रकाश अर्यालले गृह , कानून तथा संसदीय मामिला मन्त्री पदको शपथ लिएका हुन्।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीलगायत सहभागी थिए। यसअघि प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा भने दाहाल उपस्थित थिएनन्।

जेनजीको आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएपछि शीतल निवासको परिसरमा टेन्ट राखेर मन्त्रीहरूको शपथ ग्रहणको व्यवस्था मिलाइएको थियो ।योसँगै मन्त्रिपरिषद चार सदस्यीय भएको छ। आइतबार अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले खनाल,अर्याल र घिसिङलाई मन्त्री नियुक्त गरेकी हुन्। अर्थमन्त्री खनाल पूर्वअर्थसचिव हुन्। गृहमन्त्री अर्याल कानूनविद् हुन् । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानूनी सल्लाहकार समेत हुन्।

यसैगरी ऊर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई बर्खास्त गरेको थियो। पछि उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई ल्याइएको थियो।अब हितेन्द्रदेव शाक्यले सम्हालेको नेपाल विद्युत प्राधिकरण उनै घिसिङ मतहतमा चल्छ ।

May be an image of ticket stub and text

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij