Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सहिदको बलिदान खेर जान दिइने छैन : प्रदीप पाैडेल

सहिदको बलिदान खेर जान दिइने छैन : प्रदीप पाैडेल

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका धीरज श्रेष्ठका परिवारलाई भेटेका छन् ।आन्दोलनका क्रममा ज्यान गुमाएका श्रेष्ठका परिवार निवासमा आइतबार पुगेका नेता पौडेलले परिवारलाई समवेदना प्रकट गर्दै घटनाप्रति दुःख प्रकट गरे । उनले आफूले जेनजी आन्दोलनका माग पूरा गराउन सरकारमा रहँदा प्रयत्न गरेको भए पनि सफल नभए पछि राजीनामा दिएको बताए ।

नेता पौडेलले दुःखद घटनाको निष्पक्ष छानबिनका पक्षमा आफू रहेको भन्दै भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा धिरजजस्ता जेनजी युवाहरूले पाएको सहादतको मूल्याङ्कन हुने बताए ।‘धीरजबाबु र उनीजस्ता सहिदहरूको बलिदान खेर जान दिने छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij