Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्न उपाध्यक्ष श्रेष्ठको माग

घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्न उपाध्यक्ष श्रेष्ठको माग

काठमाडौँ : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्न माग गरेका छन् ।

अन्तरिम सरकार गठन भएपछि उनले विभिन्न चार माग अघि सारेका हुन् । जसमा उनले भाद्र २३ गते आन्दोलनकारी जेनजीहरूमाथि बर्बर नरसंहारकारी गर्ने र भाद्र २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत राष्ट्रिय महत्वका संरचना तथा व्यावसायिक, निजी संरचना ध्वंस गर्ने तत्त्वहरू पनि छानबिन गरी दोषीहरूमाथि कारबाही गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, २०४७ सालदेखि सरकार, संसद् र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पत्ति छानबिन गरी अनियमित रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij