काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सुमना श्रेष्ठले नेपालको नवनियुक्त अन्तरिम मन्त्रीमण्डलमा आफू सहभागी नहुने स्पष्ट पारेकी छिन् । सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले पदमा नरही सरकारलाई पूर्ण समर्थन गर्ने बताएकी हुन्।
श्रेष्ठले आफ्नो पोस्टमा लेखेकी छन्, ‘म अन्तरिम मन्त्रीमण्डलमा जान लागेको हैन। मेरो यस सरकारप्रति पूर्ण समर्थन छ।’ उनले यो सरकारलाई असफल हुने सहुलियत नभएको बताउँदै, पृष्ठभूमिमा बसेर आफ्नो अनुभव, सञ्जाल र समय दिएर सरकारलाई सफल बनाउन काम गर्ने प्रतिबद्धता जनाइन्।
आन्दोलनपछि पुरानो शक्तिसँगको सहकार्यले आन्दोलनको मर्म प्रदूषित हुने गरेको सन्दर्भमा उनले आफू यसपटक त्यस्तो प्रदूषणको कारक नबन्ने बताइन्। ‘यसको उपलब्धि संस्थागत गर्न दिलोज्यान दिएर काम गर्छु,’ उनले थपिन्।
उनले आफ्नो उद्देश्य 'सत्ता होइन, सेवा गर्ने', 'कुर्सी होइन, कर्म गर्ने' र 'नाम होइन, काम गर्ने' रहेको उल्लेख गरेकी छिन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij