काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी शुशीला कार्कीलाई बधाई दिएका छन् ।शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले भनेका छन्, “सम्मानीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछु। देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको छ। देश र जनताको हितका लागि हामी सबै एक भएर सहयोग गरी अगाडि बढ्नुपर्छ।”
उनले जेन(जी आन्दोलनको मागअनुसार आगामी निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व हुने उल्लेख गर्दै भनेका छन्, “जेनजी पुस्ताले सुरु गरेको आन्दोलनको माग र आकांक्षालाई सम्बोधन गर्दै चुनाव सम्पन्न गर्नु यस सरकारको मुख्य जिम्मेवारी हो। सरकारलाई सफलताको शुभकामना गर्दछु।”
शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। त्यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा सोही रात प्रतिनिधि सभा विघटन गरिएको छ।अब आगामी प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने तय भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij