Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

माओवादी केन्द्रले भन्यो : संवैधानिक व्यवस्था विपरीत संसदलाई विघटन गर्ने निर्णयप्रति असहमति छ

माओवादी केन्द्रले भन्यो : संवैधानिक व्यवस्था विपरीत संसदलाई विघटन गर्ने निर्णयप्रति असहमति छ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संसदलाई विघटन गर्ने निर्णयको विरोध गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बसेको पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू) को आकस्मिक भर्चुअल बैठकले विरोध गरेको हो।बैठकले संवैधानिक व्यवस्था विपरीत वर्तमान संसदलाई विघटन गर्ने निर्णयप्रति हाम्रो पार्टीको गम्भीर असहमति रहेको निर्णय गरेको छ।

'मुलुकको वर्तमान परिस्थितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू) को आकस्मिक भर्चुअल बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो । बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको छ' माओवादीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

null

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij