Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

काठमाडौँ महानगरपालिकाद्वारा सिसाजन्य फोहर अन्य फोहरसँग नमिसाउन आग्रह

काठमाडौँ महानगरपालिकाद्वारा सिसाजन्य फोहर अन्य फोहरसँग नमिसाउन आग्रह

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट निस्केका सिसाजन्य फोहर अन्य फोहरसँगै नमिसाउन आग्रह गरेको छ । महानगपलिकाको वातावरण व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी सो आग्रह गरेको हो ।

सिसाजन्य फोहरलाई सामान्य फोहोरसँगै ल्यान्डफिल्ड साइटमा लग्न नमिल्ने महानगरले प्रष्ट पारेको छ । फोहरलाई छुट्टै संकलन गरी आफ्नै घरको कम्पाउण्ड वा कार्यालयको परिसरभित्र सुरक्षित रुपमा राख्न पनि महानगरपलिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij