Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुशीला कार्कीलाई तत्काल शपथ गराइयोस् : सुदन किराती

सुशीला कार्कीलाई तत्काल शपथ गराइयोस् : सुदन किराती

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा तत्कालै शपथ गराउनुपर्ने माग गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता किरातीले वर्तमान अस्थिर र संवेदनशील परिस्थितिमा संविधानको रक्षा गर्न तथा विदेशी हस्तक्षेपबाट देशलाई जोगाउन जेनजी पुस्ताले अघि सारेको प्रस्तावलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेका हुन्।

उनले भनेका छन्, 'यो विशिष्ट परिस्थितिमा नेपालको संविधान रक्षा र विदेशी हस्तक्षेपबाट देशलाई बचाउनको लागि जेनजीहरुको प्रस्तावमा परेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको यथाशीघ्र शपथ खुवाइयोस्।'

किरातीले युवापुस्ताको आन्दोलनलाई वैधानिक निकास दिने एक मात्र बाटो अन्तरिम सरकार गठन भएको भन्दै राजनीतिक दल र राज्यका अंगलाई त्यसतर्फ गम्भीर हुन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij