Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जेनजीका माग सम्बोधन नभए आफूले अन्तरिम सरकार सम्हाल्न नसक्ने कार्कीको अडान

जेनजीका माग सम्बोधन नभए आफूले अन्तरिम सरकार सम्हाल्न नसक्ने कार्कीको अडान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच बिहान ९ बजे हुने भनिएको छलफल अहिलेसम्म भएको छैन । गएराति अबेरसम्म शीतलनिवासमा कार्की, पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा जेनजी आन्दोलनमा दमनको छानबिन र संसद विघटनलाई मुख्य सर्त राखेकी थिइन् ।

छलफलमा सहभागी स्रोतका अनुसार, संसद विघटन गरेर जनेजीको माग सम्बोधन गर्नुपर्छ भन्ने कार्कीको अडान थियो । राष्ट्रपति पौडेलले संविधानविदहरूसँग पनि छलफल गरेका थिए ।

तर राष्ट्रपति पौडेलले भने संसद विघटन नगरी अन्तरिम सरकारमा दलीय सहभागिता पनि हुनुपर्ने आशयको कुरा राखेका थिए ।कार्कीले जेनजीको माग पूरा नभएको खण्डमा आफूले अन्तरिम सरकार सम्हाल्न नसक्ने बताएकी थिइन् ।

यी सर्त पूरा गरेर आन्दोलनरत पक्षलाई समेत मनाएपछि आफू जिम्मेवारी सम्हाल्न तयार रहेको बताउँदै उनले अब वार्ताका नाममा शीतलनिवास नबोलाउन पनि भनेकी छन् । कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा राजनीतिक दलहरूले पनि स्वीकार गरिसकेरका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij