Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सभामुख र राष्ट्रियसभा अध्यक्षको वक्तब्य : संविधानबाटै निकास खोज्नुपर्छ

सभामुख र राष्ट्रियसभा अध्यक्षको वक्तब्य : संविधानबाटै निकास खोज्नुपर्छ

काठमाडौं : सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले अहिलेको संकटको निकास विधिको शासन र संविधानबाट नै खोज्नुपर्ने बताएका छन् ।सभामुख र राष्ट्रिय सभा अध्यक्षले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जाननहुने बताएका हुन् ।

सभामुख र अध्यक्षले संयुक्त वक्तव्यमा जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई  शिरोपर  गर्दै संवैधानिक  प्रक्रियाबाटै निकास दिन  सम्माननीय  राष्ट्रपतिज्यूले पहल  गरिरहनुभएको छ । यस सन्दर्भमा  विधिको  शासन र संविधानवादबाट  बाहिर जानु हुँदैन  भन्नेमा हामी दृढ छौँ ।’आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन विज्ञप्तिमार्फत घिमिरे र दाहालले अपिल गरेका छन् ।

547525781_1828008607823283_5563147270618043062_n-1757662945.png

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij