Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मानव अधिकार आयोगद्वारा राष्ट्रपति समक्ष लोकतान्त्रिक निकासको आग्रह

मानव अधिकार आयोगद्वारा राष्ट्रपति समक्ष लोकतान्त्रिक निकासको आग्रह

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा उत्पन्न संकटपूर्ण परिस्थितिबाट मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको जगमा आधारित निकास खोज्नुपर्ने आग्रह गरेको छ । आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्क गर्दै वर्तमान अवस्थाबारे छलफल गरेको र लोकतान्त्रिक निकासका लागि राष्ट्रपतिबाट सकारात्मक भूमिका अपेक्षा गरिएको जनाएको छ।

मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षार्थ आवश्यक पहल राष्ट्रपति स्वयंबाट हुने विश्वास समेत आयोगले शुक्रबारको विज्ञप्तिमार्फत व्यक्त गरेको छ । त्यसैगरी, आयोगले वर्तमान जटिलताका सन्दर्भमा अन्य सरोकारवाला पक्षहरूसँग समेत निरन्तर सम्पर्क कायम राखिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij