काठमाडौं : अन्तरिम सरकार गठनबारे कानुनविद्हरुसँग परामर्श भइरहेको वेला जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शीतल निवास बोलाइएको छ। जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति भए पनि केहि कानुनी जटिलता देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न सरोकारवाला पक्षसँग परामर्श गरिरहेका छन् ।
जेनजी प्रतिनिधिहरू पनि संविधान बमोजिम नै निकास खोज्ने विषयमा सकारात्मक रहेकोले आजै अन्तरिम सरकार गठन हुने देखिएको छ ।यस्तै अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सरेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले वार्ता गरिरहेका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासले आज बिहान मात्र गृह मन्त्रालयका कर्मचारीलाई नयाँ प्रधानमन्त्रीको स्वागत गर्न तयार अवस्थामा रहन निर्देशन समेत दिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij