काठमाडौँ : जेनजी आन्दोलनका क्रममा आगजनी गरेर ध्वस्त बनाइएको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा संस्थापक विश्वेश्वर प्रसाद कोइराला (वीपी)को तस्बिर र ब्यानर राखिएको छ ।
भदौ २४ गते जेनजीको समूहले पार्टी केन्द्रीय कार्यालयमा आगजनी गरेर ध्वस्त बनाएका थिए । ध्वस्त बनाइएको कार्यालयमा पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले संस्थापक कोइरालाको तस्बिर र ब्यानर राखेका कार्यालयका सचिव प्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए ।
शुक्रबार बिहान राखिएको माथि कोइरालाको तस्बिर राखेको ब्यानरमा तल लेखिएको छ, ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौँ, हामी उठ्ने छौँ ।’ शर्माले जलाइएको पार्टीको झन्डा पनि राख्ने तयारी भइरहेको जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij