काठमाडौँ : लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई वर्तमान सङ्कटपूर्ण राजनीतिको निकास संवाद, समन्वय र सर्वदलीय सहमतिको माध्यमबाट खोज्न अनुरोध गरेको छ ।
महासङ्घ अध्यक्ष पासाङ शेर्पाले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको दायराभित्र रहेर उचित राजनीतिक निकास पहिल्याउन राष्ट्रपति पौडेलसमक्ष अनुरोध गरेका हुन् ।
महासङ्घले जेन–जी पुस्ताका युवाहरूको आह्वानमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा १९ जनाको दुःखद निधन र चार सय भन्दा बढी घाइते हुने गरी भएको अकल्पनीय घटनाप्रति गहिरो दुःख प्रकट गर्दै संविधानमा आँच पुर्याउने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने बताएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij