काठमाडौँ : नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सहिदहरूले देखाएको सपनाअनुसार भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्न सम्पूर्ण नेपाली एकताबद्ध हुनुपर्ने बताएकी छन् । सहमहामन्त्री उपाध्यायले बिहीबार विज्ञप्ति निकाल्दै देशमा घटिरहेका घटनाहरूले सम्पूर्ण नेपालीलाई आत्मसमिक्षा गर्न बाध्य पारेको उल्लेख गरेकी छन् ।
उनले अब संविधानको परिधिभित्र रहेर अगाडि बढ्नुपर्ने बताएकी छन् । स्वतन्त्रता र जनअधिकारको रक्षा गर्न जेलनेल सहेर सङ्घर्ष गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि गरेको अमानवीय व्यवहारप्रति आपत्ति जनाएकी छन् । शान्तिपूर्ण आन्दोलनमा सहभागी भएकामाथि गरिएको गोली प्रहारप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij