Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बाजुरा कारागारमा सुरक्षा कडाई, कर्फ्यु आदेश जारी

बाजुरा कारागारमा सुरक्षा कडाई, कर्फ्यु आदेश जारी

बाजुरा  : बाजुरा कारागारमा सुरक्षा कडाई गरिएको छ । जेनजीको आन्दोलनपछि कैदीबन्दी बाहिर जाने प्रयास गरेसँगै सुरक्षामा कडाई गरिएको हो ।

जिल्ला कारागार बाजुरामा रहेका कैदीबन्दीहरूले हामी पनि बाहिर निस्कन पाउनुपर्छ भन्दै प्रयास गर्ने गरेकाले यहाँ सुरक्षामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यसरी यो कारागार निकै पुरानो र त्यसैमा जीर्ण भएकाले पनि थोरै तोड्फोन गर्ने बित्तिकै भत्किने सम्भावना बढी छ ।

२०३७ मा २५ जना कैदी राख्ने क्षमताको कारागारमा हाल ६५ जना कैदी रहेका छन्  । योभन्दा पहिला पनि कैदीबन्दीले कारागार पुरानो र जीर्ण बन्दै गएको र यसका मर्मत सम्भार गर्नुपर्ने माग राख्दै आएका थिए । कारागार धेरै पुरानो भएकाले यहाँ कैदीबन्दी व्यवस्थापन गर्न त्यसैमा निकै सकस छ । हिजो देश भरमा भएको जेनजीको आन्दोलनले उनीहरु बाहिर निस्कन प्रयासमा थिए ।

त्यहाँ सुरक्षा कडाई गरिसकेपछि अहिले बाजुरा कारागारको स्थिति सामान्य रहेको जिल्ला प्रशासन कार्यालय बाजुरा प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको पुर्वमा मालिका मन्दिर, पश्चिममा कारागार मोड ,उत्तरमा जिल्ला अस्पताल पछाडि दक्षिणमा निर्माणाधीन बसर्पाक क्षेत्र भित्र कुनै प्रकारको जुलुस, प्रदर्शन सभा बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ ।”

कर्फ्यु आदेशको अवधिभर अत्यावश्यक सेवाका सवारी साधन (एम्बुलेन्स शव वाहन) आगमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij