Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

शान्ति सुरक्षाका लागि मोरङमा निषेधाज्ञा र कर्फ्यु निरन्तर

शान्ति सुरक्षाका लागि मोरङमा निषेधाज्ञा र कर्फ्यु निरन्तर

 मोरङ :  शान्ति सुरक्षाको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय मोरङले आज दिनभरि जिल्लामा निषेधाज्ञा आदेश भएको सूचना जारी गरेको छ ।

आदेशमा आज बेलुका ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्म कफ्र्यु आदेश निरन्तर रहेको जनाइएको छ । मोरङमा यही भदौ २४ गदेदखि नै निषेधाज्ञा र पछि कफ्र्यु आदेश जारी गर्दै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

पछिल्लो समयमा मोरङमा थप कुनै अप्रिय घटना नभएको प्रजीअ यादवले जानकारी दिए । शान्ति सुरक्षाका लागि नेपाली सेनाले सडक तथा टोलटोलमा गस्ती गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij