Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जङ्गी अड्डा परिसरबाट हर्कले भने– प्रधानमन्त्री बन्न रेडी छु

जङ्गी अड्डा परिसरबाट हर्कले भने– प्रधानमन्त्री बन्न रेडी छु

काठमाडौँ : सुनसरीको धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईले आफू देशको प्रधानमन्त्री बन्न रेडी भएको बताएका छन् । जङ्गी अड्डा परिसरमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले युवाहरूले नेतृत्व दिए प्रधानमन्त्री बन्न तयार रहेको बताएका हुन् । जेनजी युवाहरूको एक समूहले सुशीला कार्कीको नेतृत्व प्रस्ताव गरेपछि हर्क साम्पाङ आफ्ना केही समर्थकसहित जङ्गी अड्डा पुगेका थिए ।

त्यसपछि सेनाको मुख्यालयमा बालेनले नेतृत्व लिन नमाने हर्कले लिनुपर्ने भन्दै जेनजीहरुबिच विवाद भएको थियो ।तर केही जेनजी युवाहरूले सुशीला कार्की नै अहिलेको समयमा उत्तम भनेका छन् । हर्क साम्पाङ अहिले जङ्गी अड्डाबाट निस्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij